Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

चट्याङले लागेर तनहुँमा दुई जनाको मृत्यु

तनहुँ   जेष्ठ ३ गते ।   चट्याङले लागेर तनहुँमा दुई जनाको मृत्यु भएको छ ।




आइतबार साँझ परेको चट्याङले लागेर घाइते भएका काउँ शिवपुर ७ निवासी ३० वर्षकी मौसमी राना, काउँ शिवपुर ५ निवासी ५५ वर्षकी यानीमाया थापाको मृत्यु भएको हो ।



त्यस्तै गुलती राना घाइते भएकी छन् उनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङले लागेर गम्भीर भएका मौसमी र यानीमायालाई उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङले लागेर काउँशपुर ५ कोडडाँडामा ऋषिराम थापाका पशु तथा चौपाय पनि मरेका छन् ।



तनहुँको व्यास ११ दमौलीस्थित विद्युत सवस्टेसनमा चट्याङ पर्दा इन्सुलेटरमा आगलागी भएपछि आइतबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

चट्याङले लागेर भएको आगलागिपछि विद्युत प्रवाह गर्ने तार जलेर क्षति पुगेको छ । उक्त सवस्टेसनमा आगलागी भएपछि तनहुँको पूवीभाग, लमजुङको आधाभाग र गोरखाका धेरैजसो भागमा विद्युत अवरुद्ध भएको छ ।

सवस्टेसनका इन्जिनियर सुरज गुरुङले सोमबार बिहानैबाट आगलागीले पुर्‌याएको क्षतिको मर्मत गरी साँझबाट विद्युत आपुर्तिको प्रयास गर्ने बताएका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget