वहाँ तराईको प्रतिनिधित्व गर्ने लोकप्रिय नेताको रुपमा पनि चिनिनु हुन्छ । उहाँकै सकृयतामा गएको आम निर्वाचनमा मोरगंबाट समानुपातिकमा पहिलो र देशैभर तेश्रो स्थान ल्याउन सफल भएको थियो ।
अबका दिनमा पार्टीभित्रका सबैखाले गुटबन्दी र खिचातानीको अन्त्य गर्दै निकट भविष्यमा हुन लागेको स्थानिय निकायको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा उभ्याउने साहले दावी गर्नुभयो ।
देशमा हिन्दू धर्म र संवैैधानिक राजतन्त्र अपरिहार्य रहेकोले यसको प्राप्तीका लागि अहोरात्र लागिरहने बताउनु भयो । देशमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई राप्रपा नेपालले मात्र अन्त गर्ने दावी राप्रपा नेपालका नेता प्रहलाद प्रसाद साहले गर्नुभयो ।
राप्रपा नेपालका नेता प्रहलाद प्रसाद साहलाई सहमहामन्त्रीको पुरानै पदमा पुर्नवहाली गरेको राप्रपा नेपाल केन्द्रिय पार्टी कार्यलयले जनाएको छ । वहाँको सफल कार्यकालको शुभकामना ।
Post a Comment