काठमाडौं, वैशाख २२ गते । काठमाडौंको पुरानो बसपार्कबाट बाहिरिने सबै सार्वजनिक गाडी बुधबारदेखि खुलामञ्चबाट सञ्चालन हुन थालेका छन् ।
पुरानो बसपार्कमा काठमाडौं स्तम्भ बनाउन लागिएकाले अब खुलामञ्चबाट गाडी चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
खुलामञ्चको पश्चिमबाट गाडी प्रवेश गर्ने र पूर्वबाट बाहिरिने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । तीन अर्ब ५० करोडको लागतमा बनाउन लागिएको बाह्रतले काठमाडौं स्तम्भको निर्माण १८ महिनामा सक्ने लक्ष्य छ ।
Post a Comment