काठमाडौं, वैशाख २८ गते । ललितपुरमा मंगलबारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेतिर पुल्चोकबाट तानेर गाबहालमा पुर्याइनेछ ।
यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधिन रथमा रथारोहण गरिनेछ ।
मिननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्याएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मिननाथको रथ पछि लगाएर पुल्चोकबाट तानिने परम्परा छ ।
मिननाथको रथ गाबहाल पुगेपछि भने मच्छिन्द्रनाथको रथको पछाडि राखेर तान्ने चलन छ । मंगलबार गाबहालका स्थानिबासिन्दाले छवयाभू मनाइरहेका छन् ।
Post a Comment