राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा गमलामा धान रोपेकोमा टीकाटिप्पणी भएपछि कृषिमन्त्री हरिबोल गजुरेलले
गमलामा धान रोपेर कार्यक्रममा उदघाटन गर्नुलाई अन्यथा नलिन आग्रह गरे ।
उनले गमलामा धान रोप्ने विषयमा पत्रकारले समाचार बनाउनुलाई पत्रकारिताको अधिकार भएको बताए । ‘यसले किसान दाजुभाइमा कुनै समस्या परे क्षमा चाहन्छु,’ मन्त्री गजुरेलले भने, ‘गमलामा पानी हालेर उदघाटन गर्नु कृषि मन्त्रालयसँग सम्बन्धित पनि हो ।’
Post a Comment