सिंगापुर एअरलाइन्सको एउटा विमान सोमबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ । सिंगापुरबाट इटालीको मिलानका लागि उडान भरेको सिंगापुर एअरलाइन्सको ‘बोइङ ७७७’को इन्जिनमा खराबी देखिएपछि चालकले सिंगापुर फर्काइ आपत्कालीन अवतरण गराउँदा विमानको दायाँ भागको इन्जिनमा आगलागी भएको थियो ।
विमानमा रहेका १९ जना चालकदलका सदस्य र २ सय २२ जना यात्रु भने सकुशल छन् ।ती यात्रुहरुलाई अर्को विमानबाट मिलान पुर्याउने व्यवस्था गरिएको छ । (एजेन्सी)
विमानमा रहेका १९ जना चालकदलका सदस्य र २ सय २२ जना यात्रु भने सकुशल छन् ।ती यात्रुहरुलाई अर्को विमानबाट मिलान पुर्याउने व्यवस्था गरिएको छ । (एजेन्सी)
Post a Comment