
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले मोर्चा प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेशी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा सिँगो मधेश यतिवेला खुशी छ, म भर्खरै मधेशबाट आएको छु, सरकार ढलेकोमा मधेशीहरु खुशीयाली मनाईरहका छन।’
कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेशी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘हामी राजनीतकर्मी हौं, हामी मठमन्दिरको पूजा गर्न आएका जोगी होईनौं, सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होईन, हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौं ।’
यद्धपी उनले काँग्रेस र माओवादीसँग अहिलेपनि मधेशी मोर्चाको पूर्ण विश्वास नभएको टिप्पणी गरे। उनले थपे,‘उनीहरुले हामीसँग कुरा गरेकोले भोट दिन्छौं, अब काम गरेपछि साथ दिन्छौं, सरकारमा पनि जान्छौं ।’ कर्णले ओलीविरुद्धको अविश्वासको प्रस्तावमा काँग्रेस–माओवादीलाई साथ दिने र नयाँ प्रधानमन्त्री बनाउन संसदमा भोट हाल्ने समेत बताए ।
कर्णले मधेशी मोर्चा लगायत आदिवासी, जनजाति, दलितका खोसिएका अधिकारलाई पूर्नस्थापित नगरेसम्म सरकारमा सहभागी जनाउन नसकिने प्रष्ट पारे ।
उनले ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव पेश भईसकेकोले ओली अल्पमतको परेकाले नैतिकताको आधारले राजिनामा नदिनु संसदीय प्रक्रियाको बर्खिलाप भएको आरोप लगाए ।
उनले भने,‘ओलीले अविश्वासको प्रस्ताव फेश गर्छु भन्नू ठिकै हो, तर अविश्वासको प्रस्तावको पक्षमा स्पष्ट बहुमत देखिसकेको छ, अब ढिला नगरी राजीनामा दिनुपर्छ ।’
Post a Comment